आजबाट खाद्यान्नमा छुटको व्यवस्था बन्द

काठमाडौं । असार ८, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले आजदेखि खाद्यान्नमा छुट दिने व्यवस्था बन्द गरेको छ ।
कम्पनीका प्रवक्ता शर्मिला सुवेदीका अनुसार अब निषेधाज्ञा खुकुलो भइसकेको छ । खाद्यान्नमा दिएको छुट आजबाट रोक्ने निर्णय गरीएको छ ।
यो आर्थिक वर्षको बजेटमा सरकारी स्वामित्वका दुई कम्पनी साल्ट ट्रेडिङ र खाद्य कम्पनीबाट विक्री हुने खाद्यान्नमा निषेधाज्ञा अवधिभर २० प्रतिशत छुट दिने उल्लेख थियो ।