बिहानैदेखि देशभर नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध

सहयात्रा टिभी

काठमाडौं । असार ९, आज बिहानदेखि नेपाल टेलिकमको मोबाइल सेवा देशभर अवरुद्ध बनेको छ ।

प्रिपेड र पोस्टपेड मोबाइलबाट सम्पर्क प्रयास गर्दा सफल हुन नसकनुका साथै मेसेज सेवा पनि अवरुद्ध रहेको छ । तर डाटा सेवा भने प्रभावित भएको छैन ।

टेलिकमको ल्याण्ड लाइन सेवा भने पूर्ववत् अवस्थामै रहेको छ । नेपाल टेलिकमको सेवामा बेलाबेलामा समस्या आउने गरेको छ । के भएको हो भन्नेबारे टेलिकमले कुनै जानकारी दिएको छैन।

प्रकाशित : 23 June, 2021

प्रतिक्रिया दिनुहोस्