वडा सदस्य नेपालीको भीरबाट लडेर मृत्यु

सहयात्रा टिभी

जाजरकोट । असार ९, भेरी नगरपालिका–२ की वडा सदस्य शसीला नेपालीको भीरबाट लडेर मंगलबार बिहान मृत्यु भएको छ।

डिंगा घरबाट बाहुनथानास्थित वडा स्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उनी भीरबाट लडेर घाइते भएकी थिइन्।

उनलाई उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा मंगलबार राति बाटोमै मृत्यु भएको नगरपालिकाकी प्रवक्ता पार्वती विकले जनाए।

प्रकाशित : 23 June, 2021

प्रतिक्रिया दिनुहोस्