क्रोएसिया नकआउट चरणमा प्रवेश, स्कटल्याण्ड प्रतियोगिताबाट बाहिरियो

काडमाडौं । असार ९, समूह उपविजेता बन्दै क्रोएसिया युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ।
समूह चरणको अन्तिम खेलमा मंगलबार राति स्कटल्याण्डमाथि ३-१ गोलको जित निकाल्दै क्रोएसिया समूह उपविजेता बनेको हो। क्रोएसियालाई जित दिलाउन निकोला भ्लासिच, लुका मोड्रिच र इभान पेरिसिचले एक एक गोल गरे।
जितसँगै समूह ‘डी’ को क्रोएसियाले ३ खेलमा ४ अंक जोड्यो। स्कटल्याण्ड भने प्रतियोगिताबाट बाहिरिएको छ।