स्थगित भएका परीक्षाहरु साउनबाट हुने

काडमाडौं । असार ९, त्रिभुवन विश्वविद्यालयले स्थगित भएका स्नातक तहका दोस्रो वर्षको परीक्षा साउन ५ गतेदेखि र पुरानो समूहको परीक्षा साउन १० गतेदेखि सञ्चालन गर्ने कार्यतालिका प्रकाशन गरिएको छ ।
त्यस्तै मानविकी, व्यवस्थापन, शिक्षा र विज्ञान अध्ययन संस्थानमा स्नातक तह पहिलो वर्षमा अध्ययनरत झन्डै दुई लाख ५० हजारभन्दा बढी विद्यार्थीको परीक्षा सञ्चालन हुने भएको छ ।
त्यसैगरी वार्षिक प्रणालीमा अध्ययन गरेका यी विद्यार्थीलाई पुरानै प्रणालीबाट परीक्षा लिने साथै विद्यार्थीलाई परीक्षा केन्द्र छनोट गर्न अवसर दिने त्रिविको निर्णय रहेको छ ।