६० प्रतिशत रोपाई सम्पन्न

सहयात्रा टिभी

परासी । असार ९, नवलपरासीमा हालसम्म ६० प्रतिशत धान रोपाई सम्पन्न भैईसकेको छ ।

धान रोपाइँको सिजनमा कृषकहरु समय समयमा बर्षाका पानी र गण्डक नहरमा पानी पाएपछि यतिबेला धान रोपाईमा व्यस्त भएका छन् ।

त्यस्तै त्यस जिल्लामा कुल २१ हजार ५५२ हेक्टर क्षेत्रफलमा राधा, सावित्री, रामधान, साँभा, सोना मसुली, काभेरी,प्रसन्ना लगायत हाईब्रिड जातका धान खेती हुदै आएको छ । नेपाल सरकारले १२८ प्रजातीको धान सुचीकृत गरेको छ तर किसानहरू बढि उत्पादन लिन भारतीय हाईब्रिडका धानहरु लगाउने गरेको पाइएको छ ।

 

 

 

 

प्रकाशित : 23 June, 2021

प्रतिक्रिया दिनुहोस्