अब उपत्यकाको फोहोर बन्चरेडाँडामा विसर्जन

सहयात्रा टिभी

काठमाडौं । असार ९, उपत्यकाको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन गर्ने भएको छ।

सञ्चालनमा नआए पनि आवश्यक परेको खण्डमा बन्चरेडाँडा फोहोर फ्याकका लागि तयार भइसकेको शहरी विकास मन्त्रालय भवन निर्माण विभागका उपनिर्देशक कुमार धिमिरेले बताए।

हालसम्म १२ करोड खर्चेर निर्माण गरिएको ल्यान्डफिल साइडमा ५० वर्षसम्म फोहोर फाल्न सकिने उपनिर्देशक धिमिरेले बताए।

विगत १६ वर्षदेखि अस्थायी ल्यान्डफिल साइट सिसडोलमा फोहोर विसर्जन गर्दै आएको छ। सरकारले ०५१ मै बन्चरेडाँडामा फोहोर व्यवस्थापन केन्द्र बनाउने निर्णय गरेको थियो। तर फिल्डमा काम भने ०६२ पछि बल्ल थाल्यो। जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँग ४० वर्षे सम्झौता गरेर बन्चरेडाँडामा प्रशोधन केन्द्र बनाउने सरकारको योजना थियो।

आफ्नो जग्गाको मुआब्जा पाइने र गाउँमा सडक, अस्पतालजस्ता पूर्वाधार विकाससँगै रोजगारी पनि मिल्ने आश्वासनपछि स्थानीयले स्वीकृति दिए।

२०६८ मा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले बन्चरेडाँडामा फोहोर प्रशोधन केन्द्र बनाउने जिम्मा लगानी बोर्डलाई दियो। बोर्डले प्रशोधन केन्द्र निर्माण सहरी विकास मन्त्रालयअन्तर्गत अगाडि बढायो र फोहोर व्यवस्थापनको काम नेपाल वेस्ट नामक निजी कम्पनीमार्फत गर्न सहमति गर्यो। तर स्थानीय तहमा जनप्रतिनिधि आएपछि लगानी बोर्डले निजी कम्पनीलाई फोहोर व्यवस्थापन गर्न दिएको जिम्मेवारी अस्वीकार गरेको थियो।

एजेन्सीहरुको सहयोगमा

 

 

 

 

प्रकाशित : 23 June, 2021

प्रतिक्रिया दिनुहोस्