अभिनेत्री मनिषा कोईराला अल्लु अर्जुनको आमा, आखिर कसरी ?

काठमाडौं । असार ९, साउथ अभिनेता अल्लु अर्जुनको सुपरहिट फिल्म ‘अला बैकुण्ठपुरमल’ को हिन्दी रिमेकमा मनिषालाई आमाको भुमीकामा देखिने भएको छ ।
यस हिन्दी रिमेकमा अल्लु अर्जुनको र पुजा हेगडको ठाउँमा कार्तिक आर्यन र कृति सेनन लाई देख्न पाईनेछ । रोहित धवनका अनुसार मनीषालाई आमाको रोल खेल्दिन गरेको आग्रह स्विकार्य भएको छ । एकता कपुरले यस फिल्मलाई हिन्दी रिमेक गर्दैछिन् ।
मनीषाले सहजै आमाको भूमिका निर्वाहका लागि स्वीकार गरेको धवनले बताए । फिल्मको तेलगु भर्सनमा तब्बुले अल्लु अर्जुनकी आमाको भूमिका निर्वाह गरेकी थिईन् । रोहित र एकताले हिन्दी रिमेकका लागि पनि तब्बुलाई आमाको भूमिकामा राख्न खोजेका थिए तर उनले यो प्रस्ताव सजिलै अस्विकार गरेकी थिईन् ।
-एजेन्सी