आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । असार ९, नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११९ रुपैयाँ २९ पैसा पुगेको छ ।

यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७९ पैसा रहेको छ ।

त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ४७ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १२९ रुपैयाँ ४९ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३१ पैसा रहेको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७५ पैसा र बिक्रीदर १० रुपैयाँ ८० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८ रुपैयाँ ४२ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७५ पैसा रहेको छ ।

 

 

प्रकाशित : 23 June, 2021

प्रतिक्रिया दिनुहोस्