टेलिकमद्धारा मोबाइल सिस्टममा देखिएको समस्याको बारेमा आधिकारिक जानकारी

काठमाडौं । असार ९, नेपाल टेलिकमले आज जीएसएम मोबाइल सिस्टममा देखिएको समस्याको बारेमा आधिकारिक जानकारी सार्वजनिक गरेको छ ।
अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ समस्या समाधानका लागि कम्पनीले तत्काल श्रोत साधन परिचालन गरी बिहान ८ः१५ बजे सिस्टमलाई सुचारु गर्न सफल भएको छ ।
त्यस्तै सो अवधिमा जिएसएम मोबाइलको टूजी, थ्रीजी र फोरजी प्रविधिको डाटा सेवामा समस्या नदेखिएको, कम्पनीले हालै सञ्चालनमा ल्याएको भीओएलटीईमा समस्या नआएको र जीएसएम मोबाइलका केही फिचर फोनमा समस्या नदेखिएको जानकारी प्राप्त भएको उल्लेख छ ।
कम्पनीका सेवाहरु अवरुद्ध हुन नदिन प्रिभेन्टिभ मेन्टिनेन्सका कार्यहरु गर्ने गरिएको भएतापनि समस्या आइहालेमा न्यूनतम समयमा सेवा सुचारु गर्न कम्पनी सधैं तत्पर रहिरहने बताएको छ ।
कम्पनीको सेवामा आएको अवरोधबाट ग्राहकवर्गलाई पर्न गएको असुविधाप्रति कम्पनीले क्षमाप्रार्थी गरेको छ ।