तीन प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना

सहयात्रा टिभी

काठमाडौँ । असार १०, आज वाग्मती, गण्डकी र लुम्बनी प्रदेशमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज दिउँसो वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।

हाल देशको दक्षिणी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ । आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

हाल गण्डकी र लुम्बिनी प्रदेशका केही भू-भागमा र वाग्मती प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।

शुक्रबार र शनिबार पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

‘प्रदेश- १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र बाँकी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow)को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित : 24 June, 2021

प्रतिक्रिया दिनुहोस्