पत्नी मेलिंडाले सम्बन्धबिच्छेद गरेपछि वारेन बफेटले पनि छाडे बिल गेट्सको साथ
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । असार १०, बिल गेट्सलाई एक पछि अर्को गर्दै मानिसहरूले साथ छोड्दै छन्।
अलि अघि मात्रै पत्नी मेलिंडा गेट्सले सम्बन्धबिच्छेद गरेपछि बिल एण्ड मेलिंडा गेट्स फाउन्डेसनको ट्रस्टीको रूपमा रहेका वारेन बफेटले समेत फाउन्डेसनबाट राजीनामा दिएको बताईएको छ।
विश्वको सबैभन्दा ठुलो परोपकारी परोपकारी संस्थाको प्रमुख आर्थिक सहयोगी समेत रहेका बफेटको बहिर्गमनले बिल गेट्सलाई ठुलो धक्का लागेको छ।
त्यस्तै बफेट अहिले ९० वर्ष पुगेका छन् । उनले हालै मात्र ४.१ अर्ब डलर बर्कसायर हाथवेको सम्पत्ति सो फाउन्डेशनलाई दिएका छन्।
गेट्स फाउन्डेसन बोर्डबाट उनको बिदाइको समय त्यो बेला आएको छ जब बिल गेट्सका खराब चारित्रिक गतिविधिका कारण उनको आलोचना भइरहेको छ।
मेलिंडा गेट्सले आफ्ना पतिलाई जेफ्री एपस्टेनसँगको मित्रताको सम्बन्धमा सम्बन्ध विच्छेद गरेको बताइएको छ। बफेटले यसबारेमा कहिल्यै कुनै प्रतिक्रिया दिएका थिएनन्।
एजेन्सीहरुको सहयोगमा