भारतमा ९७८ संक्रमितको मृत्यु, एकैदिनमा थप ५४ हजारमा कोरोना संक्रमण

सहयात्रा टिभी

काठमाडौं । असार १०, कोरेना भाइरसको दोस्रो लहरको संक्रमण भारतमा केहि महिना देखि घटेको पाईएको छ ।

भारतमा एकैदिनमा थप ५४ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा भारतमा ५४ हजार ३१९ जनामा संक्रमण भएको छ भने संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार १७औँ दिन हो ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

यो समाचार तयार पार्दासम्म भारतमा ६ लाख ३३ हजार ५४६ जना संक्रिय संक्रमित छन् । भारतमा पछिल्लो विवरणसँगै कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ९२ हजार १४ पुगेको छ ।

 

 

प्रकाशित : 24 June, 2021

प्रतिक्रिया दिनुहोस्