रोनाल्डोले राखे बिश्व कीर्तिमान

काठमाडौं । असार १०, क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने इरानका अली दाईको कीर्तिमानलाई बराबरी गरेका छन् ।
युरोपेली च्याम्पियनसिप अन्तरगत फ्रान्सविरुद्धको खेलमा दुई गोल गर्दै ३६ वर्षीय रोनाल्डोले अली दाईको १०९ अन्तर्राष्ट्रिय गोललाई बराबरी गरेका हुन् । उनले फ्रान्सविरुद्ध दुवै गोल पेनाल्टीमा गर्दै टोलीलाई २–२ को बराबरी बनाएका थिए ।
रोनाल्डोले यसै युरोमा ३ खेल खेल्दै ५ गोल गरेपछि उनकोको कीर्तिमानलाई भेट्टाउन सफल भएका हुन् । अलीले १९९३ देखि २००६ को अवधिमा १४९ खेलमा १०९ गोल गर्दै यो कीर्तिमान राखेका थिए ।
अब रोनाल्डोले राखेको कीर्तिमानलाई यसै युरोमा भंग गर्दै आफ्नो नाममा लेखाउने सम्भावना छ । फ्रान्ससँगको खेलमा २–२ गोलको बराबरीपछि पोर्चुगल ग्रुफ अफ डेथ मानिएको समूहबाट उत्कृष्ट तेस्रो टोलीको रुपमा प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।