आज सुनको मूल्यमा गिरावट

सहयात्रा टिभी

काठमाडौं । असार १०, नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार सात सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको हो ।

त्यस्तै आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार पाँच सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार रहेको छ ।

यता, आज चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलामा १२९५ कायम गरिएको महासंघले जनाएको छ ।

 

 

 

प्रकाशित : 24 June, 2021

प्रतिक्रिया दिनुहोस्