कोरोना खोप नलगाउनेलाई जेल हाल्ने चेतावनी
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । असार १०, फिलिपिन्सका राष्ट्रपति रोड्रियो डुटेर्टेले कोरोना भाइरस विरुद्धको खोप लगाउन नमान्नेलाई पनि जेल हाल्ने चेतावनी दिएका छन् ।
मार्च महिनामा कोरोना खोप अभियान सुरु भएतापनि सर्व साधारणहरुले खोप लगाउन आनाकानी गर्न थाले पछि राष्ट्रपति डुटेर्टेले मानिसहरुलाई यस्तो चेतावनी दिएका हुन् ।
‘डुटेर्टेले टेलिभिजन संबोधन गर्दै, ‘कि खोप लगाउनुहोस् नत्र म जेल हालिदिन्छु’ भिडियो सन्देशमा भनेका छन् । उनले खोप लगाउन अस्वीकार गर्ने मानिसहरुलाई भारत वा अमेरिकाजस्ता मुलुकमा जान समेत सुझाव दिएका थिए ।