असार २० गते सम्म निषेधाज्ञा थप

डोटी । असार १०, डोटी जिल्लामा कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि गत वैशाखबाट शुरु भएको निषेधाज्ञाको यही असार २० गतेसम्मका लागि थप गरिएको जानकारी आएको छ ।
थपि निषेधाज्ञा अवधिमा फलफूल तथा खाद्य सामग्रीका पसल, किराना, निर्माण सामग्रीका पसल बिहान ७ः०० देखि ११ः०० बजेसम्म खोल्न पाइने छ भने बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न सकिने छ ।
त्यस्तै सार्वजनिक सवारी साधन पनि जोरबिजोर प्रणालीका आधारमा सञ्चालन हुनेछ । भीडभाड हुने कुनै पनि किसिमका कार्यक्रम, मिटिङ, गोष्ठी, सेमिनार, खेलकूद गतिविधि लगायतका कार्यक्रम गर्न नपाइने उक्त सूचनामा उल्लेख गरिएको छ ।