२०० ग्राम अवैध सुनसहित दुईजना पक्राउ

सहयात्रा टिभी

लहान । असार १०, गए राति सिरहाको गोलबजारबाट सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको २०० ग्राम अवैध सुनसहित सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ निवासी जीवछकुमार मण्डल र मोहम्मद साउद्दीन खानलाई पक्राउ गरेको छ ।

त्यस्तै गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ एक्कसी भागेपछि पछ्याउँदै दुवैलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बेसक्याम्प गोलबजारका सशस्त्र प्रहरी निरीक्षक श्यामबाबु यादवले जानकारी दिए । पक्राउ परेको सुनसहित दुवैजनालाई आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने प्रहरीले बताएको छ ।

 

 

 

प्रकाशित : 24 June, 2021

प्रतिक्रिया दिनुहोस्