चिलीलाई हराउँदै पाराग्वे विजयीः कोपा अमेरिका

काठमाडौं । असार ११, कोपा अमेरिका फुटबलमा आज बिहान पाराग्वे र चिलीबीच भएको खेलमा पाराग्वेका लागि सामु र मिग्वेल अल्मीरनले एक एक गोल गरी २–० ले जितेको छ ।
त्यस्तै जितसँगै उरुग्वे र पारग्वेले प्रतियोगिताको क्वाटरफाईनलमा स्थान बनाएका छन् । समुह ‘ए’ को अंक तालिकामा अर्जेन्टिना ७ अंहसहित शिर्ष स्थानमा छ ।
६ अंक जोडेको पाराग्वे दोस्रो स्थानमा उक्लिंदा ५ अंकसहित चिली तेस्रो स्थानमा झरेको छ भने चौथो स्थानको उरुग्वेको ४ अंक छ भने अंकबिहिन बोलिभिया पाँचौ स्थानमा रहेको बताईएको छ ।
समुहका ५ मा भएका बोलिभिया बाहेक अन्य सबै ४ टोली क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।