जानी राखौंः कोरोना विरुद्धको खोप लगाएपछि हुने सामान्य असरका बारेमा

काठमाडौं । असार ११, कोरोना विरुद्धको खोप लगाएपछि शरीरमा विभिन्न असरहरु देखिने गरेको पाईएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कसैलाई पनि गम्भीर खालको असर नदेखिएको बताईएको छ।
यस्ता छन् सामान्य असरहरु:
– खोप लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने
– थकाई र आलस्य महसुस हुने
– ज्वरो आउनु तथा टाउको दुख्नु
– वाकवाकी हुने, वान्ता आउने
– माशंपेशी वा जोर्नी दुख्ने
– फ्लुको जस्तो लक्षण देखिने
यी माथिमा मध्य कुनै पनि असर देखिएमा आत्तिनु पर्दैन विस्तारै आफैँ कम भएर जान्छन्।