आजबाट जीवन विकास लघुवित्तको आइपिओ खुल्यो, तपाईले भर्नुभयो त ?

सहयात्रा टिभी

काठमाडौं । असार ११, आज(शुक्रबार) बाट जीवन विकास लघुवित्तको प्राथमिक सेयर (आइपिओ) खुलेको छ।

आइपिओमा छिटोमा असार १५ गतेसम्म आवेदन दिन सकिने छ भने कम्पनीले अंकित मूल्य १ सयका दरले कुल १९ लाख ७७ हजार ३ सय कित्ता सर्वसाधारण सेयर निष्कासन गर्न लागेको हो।

कम्पनीले ३० हजार ४२० कित्ता सेयर कर्मचारीलाई र ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड गरिने भएको छ।

राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त यस संस्थाले आइपिओ निश्कासनका लागि इक्रा नेपालबाट ‘बीबीबी माइनस’ रेटिङ प्राप्त गरेको छ।

त्यस्तै आ.व २०७६/७७ सम्म कम्पनीको प्रतिसेयर आम्दानी १०४ रुपैयाँ ९७ पैसा रहेको छ।

त्यस्तै प्रतिसेयर नेटवर्थ नै ३०७ रुपैयाँ छ। कम्पनीको सञ्चित नाफा नै ३५ करोड ४२ लाख रुपैयाँ रहेको छ भने कम्पनीको निष्क्रिय कर्जा चैत मसान्तसम्म ०.६० प्रतिशत छ।

कम्पनीको बिक्री प्रवन्धकका रुपमा एनएमबि क्यापिटल रहेको छ। आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय वा सिडिएससीको मेरो सेयर एप/वेबमार्फत कम्पनीको आइपिओमा आवेदन दिन सकिनेछ।

आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय वा सिडिएससीको मेरो सेयर एप/वेबमार्फत कम्पनीको आइपिओमा आवेदन दिन सकिनेछ।

 

प्रकाशित : 25 June, 2021

प्रतिक्रिया दिनुहोस्