आइतबारदेखि सरकारी कार्यालय खुल्ने

सहयात्रा टिभी

मकवानपुर । असार ११, मकवानपुर जिल्लामा आगामी आइतबारबाट सबै सरकारी कार्यालयहरु खुल्ने भएको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरको निर्णय अनुसार स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर सेवा नियमित गर्न लागिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

जिल्ला प्रशासन कार्यालयले समेत बार अनुसार सेवा प्रवाह गर्न शुरु गरेको सन्दर्भमा सबै कार्यालयलाई सोहीअनुसार सतर्कता अपनाउने गरी कार्ययोजना बनाउन भनिएको छ ।

 

प्रकाशित : 25 June, 2021

प्रतिक्रिया दिनुहोस्