राष्ट्रगानका गायकको कोरोना संक्रमाणबाट निधन

सहयात्रा टिभी

काठमाडौं । असार ११, नेपालको राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’का गायकहरु मध्येका एक अजय थापाको कोरोनाबाट मृत्यु भएको छ ।

मेचीनगर नगरपालिका–३ बडाखाल निवासी थापालाई सङ्क्रमण भएपछि उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटल भर्ना गरिएको थियो ।

भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा आज बिहान ६ः ०० बजे उनको निधन भएको बी एन्ड सी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए । उनका दुई छोरी र एक छोरा अमेरिकामा रहेका छन् ।

विसं २०६२र६३ को जनआन्दोलन सफल भएपछि व्याकुल माइलाको रचना र अम्बर गुरुङको सङ्गीत रहेको राष्ट्रगान २०६४ साउन १४ गतेदेखि नेपालमा लागू भएको हो । एजेन्सी

 

प्रकाशित : 25 June, 2021

प्रतिक्रिया दिनुहोस्