भेरोसेल खोपको दोस्रो डोज असार २२ गतेबाट
सहयात्रा टिभी
काठमाडौं । असार ११, कोरोना भाईरस बिरुद्दको पहिलो खोप लगाएक दोस्रो डोज यहि असार २२ गतेबाट लगाईने भएको छ ।
खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले पहिलो डोज लगाएका तीन लाख ७० हजार जनालाई असार २२ गतेबाट दोस्रो डोज लगाइने तय भएको बताएका छन् ।
त्यस्तै अघिल्ला खोप अभियानमा भेरोसेल खोपको बुस्टर डोज अर्थात दोस्रो मात्रा लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो बुस्टर डोज लगाउन पाउने उनले बताए । यसपटक लगाउन लागिएको खोप गत जेठमा पहिलो डोज खोप लगाएका ले मात्र लगाउन पाउने भएका छन् ।’
६ लाख ६२ हजार ३६७ जना ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउने लक्ष्य रहेकोमा तीन लाख ७० हजार ३९५ जना ज्येष्ठ नागरिकले मात्र भेरोसेल खोपको पहिलो मात्रा लगाएको बताईएको छ ।