बाढीपछिको मेलम्ची खोला र मेलम्ची बजार (फोटोफिचर)

काठमाडौँ । असार १२, सिन्धुपाल्चोकमा असार १ गते परेको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण पाँच जनाको मृत्यु भएको छ भने चार सय परिवार विस्थापित भएका छन् ।
सबै स्थानमा गरी तीन सय ३७ वटा घर र ६० वटा गोठ, छ वटा मोटरेबल पुल र १३ वटा झोलुङ्गे पुल बगाएको छ ।यसै गरी हेलम्बु–२ को किउल बगरमा रहेको प्रहरी चौकी भवन लडाएको छ भने दुई वटा विद्यालय (सरस्वती मावि हेलम्बु र तेर्से मावि तालामाराङ) भवन उच्च जोखिम रहेका छन् ।
विभिन्न स्थानमा सडक मार्ग भत्किएर बगरमा परिणत भएका छन् । नदी किनारका बस्ती पहिरोले पुरेको र लेदो थुप्रिएर पुरै यातायात बन्द भएको भएको छ ।
बाढी र माटोको लेदोमा पुरै डुबेको मेलम्ची बजार विस्तारै पुरानो अवस्थामा फर्किने प्रयास गरिरहेको छ । यद्यपि, भौतिक संरचनामा ठूलो क्षति पुगेकाले तत्काल सामान्य अवस्थामा आउन सम्भव छैन । माटोको लेदोलाई डोजर लगाएर पन्छाउने तथा खोलाको बहावलाई पुरानै अवस्थामा फर्काउने काम भइरहेको देख्न सकिन्छ ।
हेर्नुहोस् राससका देवराज सुवेदीले खिचेका तस्वीरहरू :