आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौं । असार १३, आज नेपाली कांग्रेसको पदाधिकारी बैठक दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यलय सानेपामा बस्दैछ।

त्यस्तै पार्टी पदाधिकारी, पूर्व पदाधिकारी तथा शिर्ष नेताहरु पनि सहभागि हुने बैठकमा पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारीका सन्दर्भमा छलफल हुने वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए।

क्रियाशिल सदस्यताबारे विवाद भएकाले बैठकमा समस्या समाधानबारे छलफल हुने पौडेलको भनाइ रहेको छ। महाधिवेशन नजिकिँदै गर्दा सभापति शेरबहादुर देउवा इतर पक्षले क्रियाशील सदस्यमा अनियमितता भएको गुनासो गर्दै आएको बताईएको छ।

त्यसैगरी केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले नवीकरण गरिएका क्रियाशील सदस्यको विवरण संकलन गरे तापनि त्यसमा पारदर्शिता देखिएको छैन भन्दै संस्थापन इतर समूहले चर्को बिरोध गरेपछि आज छलफलबाट समाधान खोज्न लागिएको हो।

प्रकाशित : 27 June, 2021

प्रतिक्रिया दिनुहोस्