मानवको पूर्ण रूपमा नयाँ प्रजाति ‘ड्र्यागन म्यान’ चिनिद्धारा पत्ता

सहयात्रा टिभी

काठमाडौं । असार १३, चीनका अन्वेषकहरूले संसारमा पुरानो खोपडी प्रस्तुत गरेका छन् जुन मानवको पूर्ण रूपमा नयाँ प्रजातिको ‘ड्र्यागन म्यान’ हुन सक्ने दाबी गरेका छन् भने तिनीहरू हाम्रो नजिकको वंशजका हुन्।

त्यस्तै उनीहरु पूर्वी एसियामा एक लाख ४६ हजार वर्ष अघि बसोबास गर्थे । उक्त खोपडीहरू उत्तर पूर्वी चीन अर्थात् उत्तर पूर्वी चीनको हार्बिनमा सन् १९३३ मा पत्ता लागेको थिए।

लन्डनको नेचुरल हिस्ट्री सङ्ग्रहालयका प्रख्यात बेलायती मानव शास्त्री तथा प्रोफेसर क्रिस स्ट्रिंगर समेत अनुसन्धानकर्ताहरूको यस समूहको हिस्सा थिए।

यो लाखौँ वर्षको जीवाश्मको अवशेष अहिलेसम्म भेटिएको जीवाश्म मध्ये सबैभन्दा महत्त्वपूर्ण मान्न सकिन्छ भन्दै बीबीसीलाई जनाए । अन्वेषकहरू यो विश्वास गर्छन् कि यस खोजबाट मानव विकास क्रमलाई नयाँ रूपमा बुझ्न सकिन्छ।

अन्वेषकहरूले यस मानव प्रजातिलाई एक नयाँ नाम दिएका छन् ( होमो लान्गी)। ड्र्यागनलाई चिनियाँ भाषामा लान्गी भनिन्छ।

कस्ता थिए ‘ड्र्यागन म्यान’ ?

चिनियाँ विज्ञान एकेडेमीका प्राध्यापक र अनुसन्धानकर्ताहरूको टोलीका सदस्य शिजुन नीले भने कि हामीले हाम्रो नजिकको प्रजाति पहिचान गर्नु ठुलो सफलता हो।

उक्त भेटिएको खोपडी मानवको खोपडी भन्दा अलि ठुलो छ तर त्यस भित्र मस्तिष्क ठाउँ सामान्य टाउको बराबर छ। ड्र्यागन म्यानको आँखाहरू पनि सामान्य भन्दा थोरै ठुला थिए र आँखाको भाग पनि निकै ठुलो हुन्छ भने उनीहरूको मुख र ठुलो दाँत भएको हुनुपर्दछ।

खोपडी कहिले, कहाँ र कसले पाए ?

ड्र्यागन म्यान शक्तिशाली र आक्रामक भएको हुने वैज्ञानिकहरू विश्वास छ तर तिनीहरूको जीवनशैलीको बारेमा त्यति धेरै कुरा थाहा नभएको बताउछन् किनकि यो जीवाश्म सन् १९३३ मा यसको मूल स्थानबाट हटाइएको थियो।

इतिहासकारहरूका अनुसार त्यस समयमा यो सहर जापानीहरूको कब्जामा थियो। यसको सांस्कृतिक महत्त्व बुझ्दै ती चिनियाँ कामदारले त्यसलाई आफ्नो घरमा लुकाइदिए, ताकि जापानीहरूले यसलाई फेला पार्न नसकुन् ।

-बीबीसी हिन्दी

प्रकाशित : 27 June, 2021

प्रतिक्रिया दिनुहोस्