मौसम जानकारीः यी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । असार १३, आज पनि देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ।
त्यस्तै क्रममा प्रदेश नं १, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भने मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै आज राति पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। प्रदेश नं १ र बागमती प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।