भोलीबाट हेटौंडा अस्पतालमा निःशुल्क डायलिसिस सेवा

सहयात्रा टिभी

मकवानपुर । असार १३, हेटौंडा अस्पतालले करिव ५ करोड रुपैयाँ लागतमा भोली(सोमबार)बाट दैनिक १० जना मिर्गौलाका बिरामीहरूका लागि निःशुल्क डायलिसिस सेवा सुरु गर्ने भएको छ ।

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सोमबार हेटौंडा अस्पतालमा डायलिसिस सेवाको शुभारम्भ गर्ने कार्यक्रम तय भएको हेटौंडा अस्पताल व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईंले बताए ।

उनका अनुसार, हेटौंडा अस्पतालमा तत्काल ५ वटा डायलिसिस मेसिन प्राप्त भएको र उक्त मेसिनलाई नेफ्रोलाजिष्ट डाक्टरको संयोजकत्व दैनिक २ पटक बिहान र साँझ संचालन गरी मिर्गौलाका बिरामीहरुलाई सेवा प्रदान गरिने छ । अस्पतालमा डायलिसिस सेवा संचालनका लागि हेटौंडा उप–महानगरपालिकाबाट ३ वटा, बहुराष्ट्रिय कम्पनी युनिलिभर र शिभम् सिमेन्टबाट वटा डायलिसिस मेसिन प्राप्त भएको चौलागाईंले जनाए ।

आगामी १ महिना भित्र थप ३ वटा डायलिसिस मेसिन ल्याएर मिर्गौलाका बिरामीहरुलाई सेवा दिने लक्ष्यसहित अस्पताल संचालन तथा व्यवस्थापन समिति लागिपरेको उनले बताए ।

 

 

 

प्रकाशित : 27 June, 2021

प्रतिक्रिया दिनुहोस्