निषेधाज्ञालाई थप केही खुकुलो गरेपनि सार्वजनिक यातायात खोल्न अझै अन्योलमा

सहयात्रा टिभी

काठमाडौं । असार १३, सरकारले काठमाडौं उपत्यकामा जारी गरेको निषेधाज्ञालाई थप केही खुकुलो गर्ने भए पनि सार्वजनिक यातायात खोल्न अझै अन्योलमा रहेको जिल्ला प्रशासन कार्यालय, काठमाडौंका सूचना अधिकारी कल्पना घिमिरे नेपालले बताइन् ।

त्यस्तै हल सार्वजनिक यातायात खोल्ने विषयमा सुझावहरू संकलनको चरणमा रहेको उनले जानकारी दिइन् । जसमा यातायात व्यवस्था विभाग प्रमुख, सुरक्षा निकाय प्रमुख, सार्वजनिक यातायात व्यवसायी महासंघ र सम्बन्धित सरोकारवाला लगायत बसेर सो विषयमा बसेर छलफल भएको बताइन् ।

मंगलबारदेखि बजार खोलेको र निजी सवारी साधनलाई जोर बिजोरको आधारमा चल्न दिएको सरकारको निर्णय प्रति सार्वजनिक यातायात महासंघले असहमति जनाएको थियो । सरकारको सो निर्णय अव्यवहारिक र पक्षपाती भएको भन्दै बजारमा किनमेल गर्न जाने मान्छेलाई घरमा थुनेर बजार खोल्नुको कुनै अर्थ नरहेको महासंघका महासचिव सरोज सिटौला बताउँछन् ।

सरकारले असार १७ गतेदेखि आन्तरिक उडान खोल्ने जनाएको छ भने निजी सवारी साधनहरू गत सातादेखि नै जोरबिजोर प्रणाली अनुसार सञ्चालन भइरहेका छन् ।

 

प्रकाशित : 27 June, 2021

प्रतिक्रिया दिनुहोस्