सिड्नीमा १४ दिने लकडाउन

सहयात्रा टिभी

काठमाडौं । असार १३, अष्ट्रेलियाको सिड्नीमा शनिबारदेखि १४ दिने लकडाउन शुरु भएको छ ।

कोरोनाभाइरसको डेल्ट भेरियन्टको महामारी थप फैलिने खतरा रहेकाले विशाल सिड्नी, ब्ल्यु माउन्टेन्स, सेन्ट्रल कोष्ट र वोलोङगोङ लगायतका क्षेत्रमा लकडाउन लागू गरिएको छ ।

त्यसैगरी न्यू साउथ वालेस (एनएसडब्लु)मा पनि पाँच जनाभन्दा बढी हिँड्न नपाउने व्यवस्थासहित निषेधाज्ञा लागू गरिएको छ । बाहिरी गतिविधिहरुमा ५० प्रतिशत क्षमताको मात्रै गर्न अनुमति दिइने गरिएको छ ।

शनिबार बिहान ६ बजेदेखि शुरु भएको लकडाउन आगामी जुलाई ९ तारिखको मध्यरातसम्म कायम रहने भएको बताईएको छ ।

 

प्रकाशित : 27 June, 2021

प्रतिक्रिया दिनुहोस्