शेयर बजारमा आज ७ अर्ब १६ करोडको कारोबार, २७.१७ अंकको बृद्धि

सहयात्रा टिभी

काठमाडौं । असार १३, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज आइतबार दोहोरो अंकले बढेको छ ।

नेप्से २७.१७ अंकले वृद्धि भई दुई हजार ८ सय ७० दशमलब १७ विन्दुमा पुगेको छ भने ७ अर्ब १६ करोड ७४ लाख बराबरको नेप्सेमा कारोबार भएको छ ।

१० प्रतिशतले शेयरमूल्य बढ्ने दुई कम्पनीमा सेञ्चुरी कमर्शियल बैंक र अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी रहेका छन् ।

त्यस्तै आज गुँरास फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् भने आज ४० करोड भन्दा बढी नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको कारोबार भएको छ ।

प्रकाशित : 27 June, 2021

प्रतिक्रिया दिनुहोस्