सामाजिक दुरी पालना गर्न सकिन भन्दै बेलायती स्वास्थमन्त्रीद्धारा राजिनामा

काठमाडौं । असार १३, बेलायतमा कोरोना महामारीको समयमा सामाजिक दूरीको नियम तोड्दै आफ्नी एक सहकर्मीलाई चुम्बन गरेपछि त्यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन्।
सामाजिक दूरीको नियम तोडेपछी उनले हिनताबोध महसुस गर्दै राजिनामा दिएका छन् ।
उनले प्रधानमन्त्रीलाई लेखेको पत्रमा उनले ‘जनताले यो महामारीमा गरेका धेरै त्यागको लागि र साँच्चिकै भन्नुपर्दा जब हामीले उनीहरूलाई निराश पार्छौँ तब सरकार उनीहरूको ऋणी रहने’ लेखेका छन्। प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा पत्र पाएर आफू ‘दुःखी’ भएको बताएका छन्।
राजिनामा दिँदै उनले थप लेखेका छन् । “यो देशका सबैले गरेको धेरै त्यागलाई मैले बुझेको छु‘र हामी जसले नियम बनाउँछौँ त्यसमा प्रतिबद्ध हुनुपर्छ र त्यसकै कारण मैले राजीनामा दिएको हुँ।” स्वास्थ्यमन्त्रीका रूपमा तीनवर्ष काम गरेका ह्यानककले आफ्नो राजीनामा पत्रमा ‘नियम तोडेकोमा’ बारम्बार माफी मागेका छन्।