पेरु क्वाटरफाइनलमा प्रवेशः कोपा अमेरिका फुटबल

सहयात्रा टिभी

काठमाडौं । असार १४, ब्राजिलमा आयोजना भइरहेको कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा पेरु प्रवेश गरेको छ ।

सोमबार बिहान भएको समूह चरणको अन्तिम खेलमा भेनेजुएलालाई १-० ले पराजित गर्दै पेरु क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पेरुको लागि आन्द्रे कारिल्लोले खेलको ४८ औं मिनेटमा गोल गरे ।

त्यस्त यस जितपछि पेरु समूह ‘बी’ मा ७ अंक जोड्दै उपविजेता बनेको छ भने पेरुले ४ खेल मध्ये २ खेल जित्दा एक बराबरी र एक हारको नतिजा निकालेको हो ।

 

प्रकाशित : 28 June, 2021

प्रतिक्रिया दिनुहोस्