मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
सहयात्रा टिभी
कैलाली । असार १४, कैलालीमा मोटरसाइकल आफैैँ अनियन्त्रित भई सडक छेउमै रहेको विद्युतको पोलमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

गौरीगङ्गा नगरपालिका– ३ कुचैनीमा पूर्वबाट पश्चिमतर्फ गइरहेको से २ प ६४६७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका–१७ धुर्जना शिविरका २८ वर्षीय मोटरसाइकल चालक सीताराम चौधरीको आइतबार मृत्यु भएको प्रहरीले बताएको छ।


