हराएकी एक महिलाको शवको अवशेष आफ्नै खेतमा भेटियो
सहयात्रा टिभी
महोत्तरी । असार १४, गत जेठ १९ गते हराएकी एक महिलाको शवको अवशेष आफ्नै खेतमा गाडिएको अवस्थामा फेला परेको छ।

महोत्तरीको लोहारपट्टी ७, भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको परिवारले हत्या गरेको माइती पक्षले आरोप लगाएको बताईएको छ।
घरबाट एक किलोमिटर पर रहेको खेतमा खाल्डो खनी शवलाई गलाउन नुनसमेत राखिएको भेटिएको छ।
माइती पक्षले बेपत्ता छोरीका देवर रुपेश ठाकुर, देवरानी रोमा ठाकुर, ससुरा पतिराम ठाकुरसहित परिवारजनले हत्या गरेर शव लुकाएको आरोप लगाएको छ।


