कतिले लिए त अनलाइन किनमेल गर्न डलर कार्ड ? के–केमा खर्च गर्दैछन् नेपाली ?

सहयात्रा टिभी

काठमाडौं । असार १४, नेपाल राष्ट्र बैंकका अनुसार जेठको मसान्तसम्म अनलाइनमा विदेशी सामान वा सेवा खरिद गर्न मिल्ने तथा प्रत्येक वर्ष अधिकतम ५०० अमेरिकी डलरसम्म खर्च गर्न सक्ने ‘डलर कार्ड’ झन्डै साढे पाँच हजार जनाले लिएको छ।

त्यस्तै निषेधाज्ञाका कारण सेवा प्रभावित भएको अवस्थामा क्रमिक सुधार हुँदै गए डलर कार्डको माग बढ्न सक्ने नबिल बैंकका अधिकारीले बताए।

कति भयो कार्डबाट कारोबार ?

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्था विभागका निर्देशक गुरुप्रसाद पौडेलका अनुसार गत चैत महिनामा ब्याङ्कहरूले २,२१८ वटा प्रिपेड डलर कार्ड वितरण गरेका थिए।

वैशाख महिनामा त्यो सङ्ख्या ४,५०० पुगेको थियो र जेठमा थप ९५० वटा कार्ड वितरण भएको थियो।

रकमको हकमा भने उक्त अवधिमा दुई लाख ७२ हजार अमेरिकी डलर बराबरको कारोबार भएको बताईएको छ।

के मा हुन्छ खर्च ?

कार्डबाट पढाइका थोरै शुल्कहरू तिर्ने एवम् नेटफ्लीक्स, अमेजन र अलीबाबामा भुक्तानी हुँने, फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालमा विज्ञापन गर्न जस्ता कार्यहरु हुन्छन् ।

स्रोतः बीबीसी

 

 

 

 

 

 

 

 

प्रकाशित : 28 June, 2021

प्रतिक्रिया दिनुहोस्