कोलोम्बियामा आक्रमण, ४ प्रहरी अधिकारीसहित ९ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । असार १४, कोलोम्बियामा भएको श्रृंखलाबद्ध आक्रमणमा ४ प्रहरी अधिकारी सहित ९ जना मारिएका छन् ।

कोलोम्बियाको प्यालिटियास शहरमा एक बन्दुकधारीको आक्रमणबाट ३ जना प्रहरी अधिकारी मारिएका छन् भने सान भिसेन्टेमा भएको आक्रमणमा पाँच जना मारिएका हुन् ।

त्यसैगरी काली शहरको आवासिय क्षेत्रमा हतियारधारी समुहको आक्रमणमा परि अर्का एक जना प्रहरी अधिकारी मारिएका छन् । देशका विभिन्न भागमा अज्ञात हतियारधारी एवं सरकार विरोधी समुहले आक्रमण गरिरहेका छन् ।

एजेन्सीको साथमा ।

 

 

प्रकाशित : 28 June, 2021

प्रतिक्रिया दिनुहोस्