मौसम अपडेटः बुधबारदेखि भारी वर्षाको सम्भावना

सहयात्रा टिभी

काठमाडौं । असार १४, आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ ।

त्यस्तै विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले अहिले अलि–अलि मात्र सक्रिय मनसुन आगामी बुधबार मध्याह्नदेखि देशको पूर्वी तथा मध्य भू–भागहरूमा सक्रिय भएर वर्षा हुने सम्भावना देखिएको जनाए ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ । ब सक्रिय हुने मनसुनले प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका अधिकांश भागमा भारी वर्षा गराउन सक्छ ।

प्रकाशित : 28 June, 2021

प्रतिक्रिया दिनुहोस्