पायल्स भएर तनाबमा हुनुहुन्छ ? मूला सेवन गर्नुहोस पायल्स नभएर क्यान्सरको जोखिम समेत घटाउँछ
काठमाडौं । असार १४, मूला जमिनभित्र फल्ने हुने तरकारी हो। वस्तुतः यो एक रूपान्तिरत प्रधान जरा हो जुन बीचमा मोटो र टाउकोहरू तिर क्रमशः पातलो हुन्छ। मूला पुरा विश्वमा उमारिन्छ र खाइन्छ। मूलाका अनेक प्रजातिहरू छन् जुन आकार, रंग एवं पैदा हुन लाग्ने समयको आधारमा फरक–फरक हुन्छन्। केही प्रजातिहरू तेल उत्पादनको लागि पनि उमारिन्छ ।
मूला हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक हुने कुरा बुझियो भने सायद मूला हाम्रो अभिन्न अंग बन्नेछ । विज्ञहरुका अनुसार मूलाको सेवनले हाम्रो स्वास्थ्यमा पूराउने फाइदा यस्ता छन् :
क्यान्सरबाट बचाँउदछ – मूलाको नियमित सेवनले क्यान्सरको जोखिम घटाउने विभिन्न अध्ययनहरुले देखाएका छन् । मूलामा भिटामिन सी हुने हुँदा यसले सरीरका लागि चाहिने एन्टी अक्सिडेन्टको पनि पर्याप्त आपूर्ति गर्दछ जसका कारण कोषका डिएनए नष्ट हुनबाट बचाउँछ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउँछ – मूलामा भिटामिन सी उच्च मात्रामा हुन्छ । जसले हिउँदमा रुघा–खोकिबाट बचाउँछ। मूलाले शरीरको प्रतिरक्षा प्रणाली बढाउनुका साथै पाचनप्रणालीमा पनि मद्दत गर्छ ।
रक्तचाप नियन्त्रण – मूलामा भएको पोटासियमले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ। विशेष गरी यदि तपाइँलाई उच्च रक्तचापको समस्या छ भने खानामा मूला समावेश गर्नुहोस्।
मुटुलाई रोगबाट जोगाउँछ – मूला एन्थोसायनिनको राम्रो स्रोत मानिन्छ हो । जसले हाम्रो मुटुलाई ठीकसँग काम गर्न मद्दत गर्दछ। मूला दिनहुँ खाँदा मुटु रोगहरूको जोखिम कम हुन्छ। फोलिक एसिड र फ्लाभोनोइडहरू पनि मूलामा राम्रो मात्रामा पाइन्छन्।
फाइबर को राम्रो मात्रा– मूलामा फाइबर राम्रो मात्रा पाइन्छ। जस्ले प्रत्येक दिन सलादको रूपमा मूला खान्छन्, उनीहरूको शरीरमा फाइबरको अभाव कहिल्यै हुँदैन। फाइबरको कारण, पाचन प्रणाली सही ढंगले काम गर्दछ। यस बाहेक, मूलाले कलेजो र गाल मूत्राशयलाई पनि सुरक्षा दिन्छ।
रक्त नलीहरूलाई सुदृढ पार्छ– मूलामा राम्रो मात्रामा कोलेजेन हुन्छ । जसले हाम्रो रक्त वाहिनाहरूलाई बलियो बनाउँदछ। यसको कारणले, एथेरोस्क्लेरोसिस जस्ता गम्भीर रोग हुने सम्भावना कम हुन्छ।
मेटाबॉलिज्म बढाउँछ – मूलाले पाचन प्रणालीको लागि मात्र नभई एसिडिटी, मोटोपन, ग्यास्ट्रिक समस्या र वाकवाकी जस्ता समस्याहरूको उपचार गर्न पनि सहयोगी हुन्छ।
छालाका लागि राम्रो – यदि तपाईं चमकिलो छाला चाहनुहुन्छ भने, प्रत्येक दिन मूलाको रस पिउनुहोस्। यसमा भिटामिन सी र फास्फोरस हुन्छ। यस बाहेक, यसले सुक्खा छाला र डन्डीफोरलाई पनि राहत दिन्छ। यसलाई कपालमा लगाएर ड्यान्ड्रफको समस्या समाप्त हुन्छ र कपाल जराबाट बलियो बनाउछ।