कोरोना अपडेटः उपत्यकामा थपिए ५१४ संक्रमित

काठमाडौं । असार १४, उपत्यकामा सोमबार ५१४ संक्रमित थप भएका छन्।
काठमाडौं जिल्लामा ३५५, भक्तपुरमा ४७ र ललितपुरमा ११२ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छन् ।
मन्त्रालयका अनुसार काठमाडौंमा ४४५३, भक्तपुरमा १७३८ र ललितपुरमा २२०६ जना संक्रिय संक्रमित रहेका छन्।
देशभर यस दिन जम्मा ११ हजार ६४० को परीक्षण गर्दा २ हजार ४४४ जना संक्रमित थपिएका थिए।
देशभर पछिल्लो २४ घण्टामा ३ हजार ८५३ जना कोरोनामुक्त भएका छन्। नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या ५ लाख ८८ हजार १८७ पुगेको छ भनेपछिल्लो २४ घन्टामा ४२ जना कोरोना संक्रमितको निधन भएको छ।