कोपा अमरिका फुटबलमा अर्जेन्टिना र उरुग्वे विजयी

काठमाडौं । असार १५, कोपा अमरिका फुटबलमा ४–१ को अन्तरालमा अर्जेन्टिानले बोलिभियालाई हराएको छ ।
आज बिहान ब्राजिलमा भएको समुह चरणको अन्तिम खेलमा अर्जेन्टिनालाई विजयी गराउन लियोनल मेस्सीले दुई गोल गर्दा अलेहान्द्रो गोमेज र लौतारो मार्टीनेजले एक एक गोल थपे ।
त्यस्तै आजै भएको अर्को खेलमा उरुग्वेले पाराग्वेलाई १–० ले हरायो । २१ औं मिनेटमा पाएको पेनाल्टीमा एडिन्सन काभानीले गोल गरेपछि उरुग्वे १–० ले विजयी भयो ।
आजका खेलहरुपछि कोपा अमेरिका फुटबलको क्वाटरफाईनल खेल तालिका तय भएको छ भने क्वाटरफाईनलमा अर्जेन्टिना र इक्वेडर ब्राजिल र चिली, उरुवे र कोलम्बिया तथा पाराग्वे र पेरु भिड्नेछन् ।