कालीगण्डकी डाइभर्सन आयोजनाको विरोध
सहयात्रा टिभी
काठमाडौं । असार १५, कालीगण्डकी डाइभर्सन आयोजना सम्बन्धमा गण्डकी प्रदेश सरकारद्धारा सोमबार यहाँ आयोजित सर्वपक्षीय बैठकद्धारा आयोजनाको विरोध गरीएको छ।

गण्डकी प्रदेश र प्रदेशवासीको हितविपरीत सङ्घ सरकारले कालीगण्डकी डाइभर्सन आयोजनाको काम अघि बढाएको भन्दै आयोजना तत्काल रद्द गर्न सङ्घ सरकारसँग आग्रह गरिएको छ।
बैठकपछि जारी निर्णयमा ‘भौगोलिक, सांस्कृतिक, पर्यावरणीय, राजनीतिक, आर्थिक, सामाजिक र ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदी डाइभर्सन योजना समग्र कालीगण्डकी प्रवाह क्षेत्रका लाखौँ नागरिकको भावनाविपरीत भएकाले हामी एक स्वरमा विरोध गर्छौं’ भनिएको छ। कालीगण्डकी नदी मात्र नभएर सभ्यता पनि रहेकाले चितवनदेखि धादिङ हुँदै पाल्पासम्म फैलिएको कालीगण्डकी प्रवाह क्षेत्रको अस्तित्व जोगाउने जिम्मा प्रदेशवासी सबैको रहेको सहभागीले जोड दिएका छन्। एजेन्सीको साथमा ।


