चट्याङ लागेर तीनको मृत्यु

पर्सा । असार १५, चट्याङ लागेर पर्सामा तीन जनाको मृत्यु भएको छ।
आज(मंगलबार) बिहान ७ बजे सखुवा प्रसौनी गाउँपालिका–४ देवरबानाका ५५ वर्षीय रघुवीर यादव र पटेर्वा सुगौली गाउँपालिका–१ गदियानीका २७ वर्षीय रसुल आद गदीको चट्याङ लागेर ज्यान गएको हो।
घटनामा चार जना घाइते भएका छन् भने ती मध्ये एक जनाको अवस्था गम्भीर रहेको पर्सा प्रहरीले जनाएको छ।
गम्भीर घाइते हुनेमा सखुवा प्रसौनी गाउँपालिका राजवंशी महरा रहेको र उनको वीरगन्जको नारायणी अस्पतालमा उपचारका लागि ल्याउदै गरेको प्रहरीले बताएको छ।
यस्तै आज बिहान नै खेतमा धान रोप्न गएकी पर्साकै जिराभवानी गाउँपालिका–३ जितपुरकी ५० वर्षिया असतुरनी देवी थरुनीको पनि चट्याङ लागेर ज्यान गएको छ। उनको चट्याङ लागेर घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।