चीनको एक कम्पनीले आफ्ना कर्मचारीहरुलाई मुस्कुराउन बाध्य

काठमाडौं । असार १५, छिमेकी देश चीनमा एउटा कम्पनीले आफ्ना कर्मचारीहरुलाई मुस्कुराउन बाध्य पारेको छ ।
चीनको एक क्यानन क्यामरा बनाउने कम्पनीको कार्यालयमा आफ्नो कर्मचारीहरु नमुस्कुराई ढोकाबाट भित्रै छिर्न पाउँदैनन् ।
कम्पनीले हालै आफ्नो कार्यालयमा आर्टिफिसियल इन्टेलिजेन्समा आधारित अनुहार पहिचान गर्ने अर्थात् फेस रिकग्नीसन प्रविधि जडान गरेको छ ।
जस अनुसार कार्यालयभित्र छिर्नका लागि कर्मचारीहरुले ढोका बाहिर रहेको उक्त मेसिनमा हेरेर मुस्कुराउनै पर्दछ, अनिमात्र ढोका खुल्दछ र कर्मचारी भित्र छिर्न पाउँदछन् ।
कार्यालय संस्कृतिलाई राम्रो बनाउन र कर्मचारीहरुको व्यवहारमा सुधार ल्याउनका लागि यस्तो प्रविधिको प्रयोग गरिएको क्याननले जनाएको छ ।