असार मसान्तपछि चोभारको सुक्खा बन्दरगाह सञ्चालनमा

काठमाडौं । असार १५, चोभारमा निर्माणाधिन सुख्खा बन्दरगाह असार मसान्तपछि सञ्चालन हुने भएको छ ।
९० प्रतिशत काम सम्पन्न भइसकेको र बन्दरगाह सञ्चालनका लागि पूर्वाधार बनिसकेको उनले बताए । केही बाँकी रहेका काम यसै आर्थिक वर्षभित्रैमा सम्पन्न गरिसकिने इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।
काठमाडौंमा बनेको सुख्खा बन्दरगाहका कारण बाहिरी देशबाट सिधै काठमाडौंमा आउने सामग्रीहरु ल्याउन सहज हुने छ ।
“भन्सारको लागि र क्वारेन्टीनका लागि विल्डिङ तयार भइसकेको छ, प्रशासनिक भवन निर्माण भइसकेको छ” उनले भने, “एप्रिजल सेट चेकजाँच गर्न तीन वटा संरचना तयार भइसकेका छन् ।”
त्यस्तै वीरगञ्ज, विराटनगर, भैरहवा, नेपालगञ्जमा क्लियर नगरी सामग्री एकैचोटी काठमाडौंमा क्लियर गर्न सकिने हुँदा बन्दरगाहले व्यापारलाई सहजीकरण र सामानको ढुवानी ओसार–पसार गर्ने मुल्यलाई घटाउन योगदान गर्ने उनले बताए ।