एक महिलाहरूले पनि धेरै श्रीमान् राख्न पाउने
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । असार १५, दक्षिण अफ्रिकामा पुरुषले चाहेजति श्रीमती राख्न पाउने कानुनी छुट रहेको छ।
त्यस्तै गृह मन्त्रालयले तयार पारेको ग्रिन पेपरमा विवाह संस्थालाई बढी समावेशी बनाउन महिलाहरूलाई पनि एकभन्दा बढी श्रीमान् राख्न पाउने प्रस्ताव ल्याएको हो ।
सो प्रस्तावमा दक्षिण अफ्रिकाका अनुदारवादीहरूले गम्भीर आपत्ति जनाएका छन्। जसमध्य एक रियालिटी टिभी सो स्टार मुसा एमसेलुकु हुन्। उनका अहिले चार जना श्रीमती छन्। महिलाहरूले एकैपटक धेरै श्रीमान् राख्दा उनीहरूका बच्चालाई परिचयको समस्या हुने मुसाको भनाई रशेको छ।
गृह मन्त्रालयका अनुसार जुन ३० सम्म उक्त प्रस्तावबारे विभिन्न क्षेत्रबाट सुझाव संकलन गरिनेछ ।