कोरोना अपडेटः थप २,६३८ जनामा सङ्क्रमण, २० जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । असार १५, नेपालमा थप २,६३६ जनामा कोरोनाभाइरस सङ्क्रमण र २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

कुल परीक्षणको २२.४ प्रतिशतमा सङ्क्रमण देखिएको हो। सो अवधिमा ४,३४८ जना सङ्क्रमणमुक्त भएपछि निको भएका सङ्क्रमित ९३ प्रतिशत पुगेका छन्।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या छ लाख ७० हजार पुगेको छ भने मृतकको सङ्ख्या ९,०७१ पुगेको छ।

 

प्रकाशित : 29 June, 2021

प्रतिक्रिया दिनुहोस्