युक्रेनको युरो २०२० को क्वाटरफाइनलको यात्रा तय

काठमाडौं । असार १६, स्विडेनविरुद्ध सनसनीपूर्ण जित निकाल्दै युक्रेनले युरो २०२० को क्वाटरफाइनल यात्रा तय गरेको छ ।
अतिरिक्त समयको दोस्रो हाफअन्तर्गत ईन्जु्री समय अर्थात् खेलको १ सय २१ औं मिनेटमा अर्टेम डोभयकले अलेक्सयान्द्रर जिन्चेन्कोको क्रसमा हेडरमार्फत निर्णायक गोल गरेका हुन् ।
तर, ४३ मिनेटमा अलेस्यान्द्रर इसाकले स्विडेनबाट बराबरी गोल फर्काए । दोस्रो हाफमा दुबै टोलीले गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा धकेलियो ।
त्यस्तै दोस्रो हाफमा पनि कुनै टोलीले अग्रता लिन नसक्दा खेल पेनाल्टीतर्फ धकेलिएको संभावना बढेको थियो । तर, अन्त्यमा वैकल्पिक खेलाडी डोभयकले निर्णायक गोल गरे ।
युक्रेनले प्रतियोगिताको क्वाटरफाइनलमा अब इङल्यान्डको सामना गर्नेछ ।