मास्क नलगाउँदा उपप्रधानमन्त्री कारबाहीमा

सहयात्रा टिभी

काठमाडौं । असार १६, अष्ट्रेलियन उपप्रधानमन्त्री बार्नवी जोयश मास्क नलाउँदा कारबाहीमा परेका छन्।

सरकारले तोकेको जनस्वास्थ्य आदेश (पब्लिक हेल्थ अर्डर) उल्लंघन गरेको आरोपमा कारबाहीमा पर्दै २ सय डलर जरीवाना तिरेका छन्।

न्यू साउथ वेल्स राज्यको आर्मेडेलस्थित एक पेट्रोल स्टेशनमा मास्क नलगाई उपप्रधानमन्त्री जोयश पुगेपछि कसैले नजिकको प्रहरी कार्यालयमा उजुरी गरेको थियो।

ग्यारीका अनुसार प्रहरी समक्ष उपप्रधानमन्त्री जोयशले निकै सहयोगी ब्यवहार देखाएका थिए। सन् २०१८ मा बिवादमा परेपछि पदवाट राजीनामा दिएका जोयश हालैमात्र उपप्रधानमन्त्री पदमा नियुक्त भएका हुन्। एजेन्सी

प्रकाशित : 30 June, 2021

प्रतिक्रिया दिनुहोस्